राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार बचाउन वा गिराउन विदेशी राजदूतहरु सक्रिय रहने अवस्थाले देशको स्वाभिमान नरहने बताएका छन्। सोमबार ट्विट गर्दै थापाले भारतीय राजदूत सरकार गिराउन सक्रिय भए भन्ने प्रधानमन्त्रीको भनाई तथा चिनियाँ राजदूत सरकार बचाउन सक्रिय रहेको यथार्थताले देशको हित नगर्ने बताएका छन्।
थापाले लेखेका छन्, ‘यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ? स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।’
थापाले बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गर्न आह्वान पनि गरेका छन्।
‘पुर्वाग्रहबाट माथी उठौं। विगतमा सबैबाट गल्ति भएका छन्। गल्तिबाट पाठ सिकौं, आत्मालोचना गरौं। बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं’ उनले लेखेका छन्, ‘कसैले जित्ने, कसैले हार्ने होइन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।’
प्रतिक्रिया