ad ad

राजनीति


देश र पार्टीलाई दुर्घटनामा लैजाने गतिविधि रोक्न अन्तिम समयसम्म पहल गर्छु : प्रचण्ड

देश र पार्टीलाई दुर्घटनामा लैजाने गतिविधि रोक्न अन्तिम समयसम्म पहल गर्छु : प्रचण्ड

नेपालखबर
असार २७, २०७७ शनिबार १२:२९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र पार्टीलाई दुर्घटनामा जान नदिन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु पार्टी एकतालाई कमजोर पार्न हुँदैन भन्ने कुरामा दृढ रहेको बताए। 

‘पार्टी अध्यक्षको र तपाईंहरुको जनप्रतिनिधिको हैसियतले मैले देश दुर्घटनामा जाने, पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउछु’, उनले भने, ‘मैले हतार गरेको भए दुर्घटना वा अर्काे के हुन्थ्यो मैले भन्न सक्दिनँ।’ उनले हतार गर्ने छुट कसैलाई पनि छैन भनेर आफूले पहल गरिरहेको बताए।

हतारमा निर्णय गरेर पुर्सदमा पछुताउने पक्षमा आफूहरु नरहेको उनकाे भनाइ थियाे। पार्टी एकता ऐतिहासिक र असाधरण काम भएको बताउँदै उनले यसलाई कमजोर बनाउन नहुने बताए।

उनले पार्टीभित्र केही समस्या र अप्ठ्याराहरु रहे पनिे कुनै न कुनै समझदारी गरेर अगाडि बढ्ने बताए।

उनले असाधारण काम आफूहरुले गरेका कारण यसलाई सजिलै कमजोर हुन दिन अधिकार हामी कसैलाई पनि छैन भनेर लगातार प्रयास गरेको बताए।

‘पछिल्लो प्रयासको संकेत पनि मैले तपाईंहरुलाई गरेँ, अफ्ठ्यारो त छ, अफ्ठ्यारो भए पनि देश र जनतालाई अगाडि रोखेर, देशलाई, जनतासँग गरेको प्रतिवद्धतालाई अगाडि सोच्यौ भन्ने हल निस्कन्छ भन्नेमा म विश्वस्त छु’, प्रचण्डले भने, ‘अध्यक्ष र प्रधानमन्त्रीसँग भएको पछिल्लाेपटक भएका कुराहरुको संकते पनि हल गर्नुपर्छ भन्नेतिरै छ।'

अध्यक्ष प्रचण्डले पार्टी फुटलाई फाइदा हुने कुनै पनि गतिविधि नगर्न समेत कार्यकर्ता आग्रह गरे।

‘तपाईंहरुले हतार गरेर, अधैर्य गरेर कुनै खालको गतिविधि गर्न जरुरी छैन’, उनले भने, ‘हतारमा केही गर्नुभयो भने नगर्ने काम गरिएछ भनेर पछुताउनु पर्नेछ।’ उनले कार्यकर्तालाई पार्टी एकताको पक्षमा, कार्यदिशा, कार्यक्रम, विधानका पक्षमा दृढातापूर्व उभिन समेत उनले कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .