ad ad

कला


आसाम प्रहरीले परिवर्तन गरिदियो बाहुबली स्टार प्रभासको नयाँ फिल्मको पोस्टर

आसाम प्रहरीले परिवर्तन गरिदियो बाहुबली स्टार प्रभासको नयाँ फिल्मको पोस्टर

नेपालखबर
असार २७, २०७७ शनिबार १२:८,

बलिउड प्रख्यात चलचित्र बाहुबलीका नायक प्रभासको नयाँ चलचित्र राधेश्यामको पोस्टरलाई आसाम प्रहरीले परिवर्तन गरिदिएको छ।

राधेश्यामको पोस्टर यसैहप्ता रिलिज गरिएको थियो। उक्त पोस्टर सिलिज भएसँगै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Prabhas's 'Radhe Shyam' sets a massive recordराधाश्यामको सार्वजनिक पहिलो पोस्टर

तर, आसाम पुलिसले भने पोस्टरमा परिवर्तन गर्दै आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको छ। आसाम पुलिसले पोस्टरमा देखिएका प्रभास र पुजा हेगडेलाई मास्क लगाइ सेयर गरेको छ।

मास्क सहित उक्त पोस्टर सेयर गर्दै आसाम पुलिसले लेखेको छ, ‘आफ्ना प्रियजनलाई बाहिर निस्कदा मास्क लगाउन भन्नुस। हामीले प्रभासलाई फोन गर्ने प्रयास गर्यौ तर असफल रह्यौ। त्यसैले फोटोसपको माध्यमबाट यो सन्देश पठाउँदैछौं।’

बहुप्रतिक्षित चलचित्र राधेश्यासममा प्रभाससँगै पुजा हेगडे, भाग्यश्री, मुरली शर्मा, सचिन खडेंकर प्रियदर्शी लगायतका कलाकार छन।

पछिल्लो दुईवर्ष देखि चर्चा चलिरहेको फिल्म हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज हुने निर्माताले जनाएका छन। एजेन्सी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .