ad ad

राजनीति


नेकपा विवाद : प्रचण्ड र नेपालले फेरि मागे ओलीको राजीनामा

नेकपा विवाद : प्रचण्ड र नेपालले फेरि मागे ओलीको राजीनामा

नेपालखबर
साउन १, २०७७ बिहिबार ९:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन्।

बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन नेताबीचको छलफलमा प्रचण्ड र नेता नेपालले ओलीसँग राजीनामा माग गरेका हुन्।

प्रचण्ड र नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै सन्देश राम्रो नगएको भन्दै राजीनामा गरी मार्ग प्रशस्त गर्न ओलीसँग आग्रह गरेको एक सचिवालय सदस्यले बताए।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै परिस्थिति अनुकूल छैन, तपाईंले राजीनामा दिई मार्ग प्रशस्त गरिदिनुहोस’, प्रचण्ड र नेपालले बैठकमा प्रधानमन्त्री ओलीलाई भनेको भनाइको सार उद्धृत गर्दै ती सचिवालय सदस्यले नेपालखबरसँग भने।

तीन नेताबीच झण्डै साढे दुई घण्टा भएको छलफलमा कुनै सहमति नभएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

‘तीन नेताहरुबीचको छलफल सकिएको छ’, नेपालखबरसँग कुरा गर्दै महासचिव पौडलले भने, ‘मुख्य विषयहरुमा कुरा भएको छ, तर कुनै सहमति भने भएको छैन।’

उनले भोलि (शुक्रबार) स्थायी सहमति राख्ने विषयमा भने तीन नेता सहमत भएको बताए।

अध्यक्ष ओली र प्रचण्डबीच पार्टीभित्र देखिएको विवाद समाधानमा भएको निरन्तरको छलफलमा कुनै सहमति नभएपछि बिहीबार तीन नेताहरुबीच छलफल भएको हो।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

बालुवाटार जानुअघि बिहीबार बिहान अध्यक्ष प्रचण्डले आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .