ad ad

राजनीति


बसन्तपुर पुगेर देउवाले भने : अनसनरत युवालाई बचाउनुपर्छ, माग तुरुन्त पूरा गर्नुपर्छ

बसन्तपुर पुगेर देउवाले भने : अनसनरत युवालाई बचाउनुपर्छ, माग तुरुन्त पूरा गर्नुपर्छ

नेपालखबर
साउन १७, २०७७ शनिबार १३:२२,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन्।

शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा शनिबार दिउँसो बसन्तपुर पुगेका हुन।

असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन। अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे ।

भेटपछि पत्रकारसँग छोटो प्रतिक्रिया दिँँदै सभापति देउवाले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरु माग पुरा गर्नेगरी समझादारी गर्न माग गरे। उनले भने, ‘हाम्रो पार्टीको ऐक्यवद्धता छ। उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ, यसको घोर भत्र्सना गर्छु।’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताएका छन्। सरकारले आफ्ना प्रतिनिधि पठाएर उनहरुले उठाएका मागहरु पूरा गर्नुपर्ने बताए।

शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो। कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .