ad ad

राजनीति


प्रदेश २ मा फेरि थपिए १३८ कोरोना संक्रमित, प्रशासनले धमाधम कर्फ्यु जारी गर्दै

प्रदेश २ मा फेरि थपिए १३८ कोरोना संक्रमित, प्रशासनले धमाधम कर्फ्यु जारी गर्दै

शैलेन्द्र महतो
साउन १८, २०७७ आइतबार १३:७,

लकडाउन खुलेसँगै प्रदेश २ मा कोरोना कहर बढ्दै गएको छ। पछिल्लो २४ घण्टमा मात्रै प्रदेश २ मा १३८ जना कोरोना संक्रमित थपिएका छन्।

 सबैभन्दा बढी पर्सामा ७८ जना र सप्तरीमा ४८ मा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

यस्तै धनुषामा ८ जना, सिरहामा ३ जना र महोत्तरीमा १ जनामा कोरोना संक्रमण भएको हो।

यससँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ। जसमा शनिबारसम्म ४ महिलासहित १९ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टमा यस प्रदेशबाट ९ जना उपचार पश्चात कोरोना जितेर घर फर्केका छन्।

उपचार पश्चात कोरोना जितेर अधिकांश संक्रमित घर फर्किसकेका छन् भने संक्रमणको दर बढ्दै गएको छ। लकडाउन खुलेसँगै भारतको विभिन्न स्थानमा काम गर्न गएका नेपालीहरु निर्वाद रुपमा घर फर्किन थालेकाले कोरोना संक्रमण बढ्दै गएको निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले बताए।

कोरोना संक्रमणको जोखिम बढेपछि विभिन्न जिल्ला र स्थानीयतहरुमा धमाधम निषेधाज्ञा लगाउन थलिएको छ। गएको साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका, गएको शुक्रबार रातिदेखि महोत्तरीको जलेश्वर सदरमुकाम क्षेत्र, आइतबारदेखि बारा जिल्लामा प्रशासनले कार्फ्यु लगाएको छ।

यस्तै पर्सामा भोलि बिहान ५ बजेदेखि र जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लगाउने प्रशासनले निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .