ad ad

राजनीति


भारतका विदेशमन्त्री जयशंकरले पनि दोहोर्‍याए गौतम बुद्ध भारतीय भन्ने झूठो दाबी (भिडियाे)

भारतका विदेशमन्त्री जयशंकरले पनि दोहोर्‍याए गौतम बुद्ध भारतीय भन्ने झूठो दाबी (भिडियाे)

नेपालखबर
साउन २४, २०७७ शनिबार १७:३५,

भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको भनी झूठो दाबी गरेका छन्।

उनले कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन्।

‘तपाईंले सम्झने अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीय को हुन्? म भन्छु, पहिलो गौतम बुद्ध र अर्को महात्मा गान्धी हुन्,’ सो अनलाइन अन्तरक्रियामा धारणा राख्ने क्रममा उनले दाबी गरेका छन्।

गौतम बुद्धलाई कहिले भारतमा जन्मेका त कहिले भारतीय भनी विवादास्पद अभिव्यक्ति दिने भारतीय राजनीतिक तथा अन्य पदाधिकारी मध्येमा बहालवाला विदेशमन्त्री जयशंकर समेत थपिएका छन्।

प्रधानमन्त्री भएपछि पहिलो नेपाल भ्रमणमा आएका बेला नेपालको संसदमा भाषण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेका महान व्यक्ति भनेका थिए।

तर पछि उनले पनि गौतम बुद्ध भारतमै जन्मेका भन्ने अर्थ लाग्ने गरी अभिव्यक्ति दिएका थिए।

भारतीयहरुले गौतम बुद्धलाई भारतमै जन्मेका भनी विश्वभर प्रचार गर्ने र भारतमा आउने विदेशी पर्यटकलाई भारतमै विकास गरिएको लुम्बिनीलाई नै उनको जन्मस्थान भनी देखाउने गर्छन्।

भिडियाे:  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .