ad ad

राजनीति


एकसाता निषेधाज्ञा थपिएसँगै काठमाडौँ प्रशासनले जारी गर्‍यो यस्तो आदेश

एकसाता निषेधाज्ञा थपिएसँगै काठमाडौँ प्रशासनले जारी गर्‍यो यस्तो आदेश

नेपालखबर
भदौ १०, २०७७ बुधबार ६:४५,

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जनकराज दाहालले उपत्यकामा कोरोना भाइरसको संक्रमण निरन्तर फैलिइरहेका कारण एक साताका लागि निषेधाज्ञा थप गरेको बताएका छन्।

बुधबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही भदौ ३ गतेदेखि जारी निषेधाज्ञा एक साताका लागि थप निर्णय गरेलगत्तै एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको पालना गर्न र गराउन आग्रह गरेका हुन्।

उनले निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गराउन अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने जानकारी दिए।

उनले निषेधाज्ञाको अवधिमा पनि अत्यावश्कीय वस्तुका आयात र बेचबिखान गर्न पाइने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल र व्यवसाय भने निर्वाध रुपमा खुल्ने जानकारी दिए। अत्यावश्यक बस्तु खाद्यान्न, तरकारी, फलफूल, दुघ, माछामासु आदि बिक्री गर्ने पसल भने बिहान सवा ९ बजेसम्म खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै अत्यावश्यक बाहेकका अन्य व्यवसाय नखोल्न र अत्यावश्यकीय सामानको खरिदका लागि बाहेक बाहिर ननिस्कन सर्वसाधरणमा आदेश गरिएको छ।

Image

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .