ad ad

राजनीति


इमरान खानले भनेः सैनिक बलमा अफगानिस्तानमा शान्ति कायम गर्न असम्भव

इमरान खानले भनेः सैनिक बलमा अफगानिस्तानमा शान्ति कायम गर्न असम्भव

नेपालखबर
साउन ६, २०७६ सोमबार ८:२०,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट पारे।

प्रधानमन्त्री खानले भने– “मलाई कसैले तालिबान खान पनि भने। मैले केही वर्षअघिदेखि भनेको कुरा नै विश्वले अहिले मानिरहेको छ, त्यो हो अफगानिस्तान द्वन्द्वको शान्तिपूर्ण समाधान वार्ताबाट मात्र सम्भव छ। म राष्ट्रपति ट्रम्पलाई पनि यही कुरा बताउन चाहन्छु।”

अफगानिस्तान र पाकिस्तानमा अति सक्रिय तालिबानका प्रति नरम व्यवहार गरेको भन्दै प्रधानमन्त्री खानलाई कतिपयले “तालिबान खान”को उपमा दिने गरेका छन्।

प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोमबार ह्वाइट हाउसमा भेट्दै छन्। उनका साथ पाकिस्तानी सेनाप्रमुख कमार जाभेद बज्वा र गुप्तचर निकायका प्रमुख फैज हमिद पनि छन्।

अफगानिस्तानमा विगत दुई दशकदेखि भिषण गृहयुद्ध जारी छ। युद्धबाट ध्वस्त भएको अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी नेतृत्वमा अफगानिस्तानी शान्ति प्रक्रिया प्रारम्भ भएको छ। अफगानिस्तानी शान्ति प्रक्रियामा पाकिस्तान समेत सहभागी छ।

गल्फ न्यूजका अनुसार वासिङ्टनस्थित वान एरेना रंगशालामा प्रधानमन्त्री खानलाई स्वागत गर्न अमेरिका निवासी करिब ३० हजार पाकिस्तानी नागरिक र डायस्पोरा भेला भएका थिए। अमेरिकी–पाकिस्तानी समुदायको सबैभन्दा ठूलो भेलालाई प्रधानमन्त्री खानले पहिलो पटक सम्बोधन गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .