ad ad

राजनीति


पेन्टागन भन्छः चीनले अहिलेभन्दा दोब्बर बनाउँदै आणविक हतियार

पेन्टागन भन्छः चीनले अहिलेभन्दा दोब्बर बनाउँदै आणविक हतियार

नेपालखबर
भदौ १७, २०७७ बुधबार ९:४९,

दशवर्षको अवधिमा चीनले ‘न्युक्लिएर वारहेड’ दोब्बर बनाउने पेन्टागनको प्रतिवेदनमा जनाइएको अल्जाजिराले उल्लेख गरेको छ। ‘वारहेडः वारहेड विस्फोटक वा विषाक्त सामग्री हो जुन एक मिसाइल, रकेट, वा टारपीडोद्वारा प्रहार गरिन्छ। यो बमको एक प्रकार हो।’

हालचीनसँग ३ सय २० वटा वारहेड भएको बताइएको छ भने अमेरिकासँग ६ हजार वारहेड छन्।

चीनले जमीन, हावा र समुन्द्रमा आक्रमण गर्नसक्ने शक्तिशाली आणविक हतियार बनाइरहेको पनि पेन्टागनले जनाएको छ।

प्रतिवेदनका अनुसार सन् २०१९ को अक्टोबरमा चीनले एच–६ एन बम्बर सार्वजनिक गरेको थियो। यो हवाई आक्रमणका लागि शक्तिशाली आणविक हतियार भएको बताइएको छ।

China tests intercontinental missile with 10 warheads – reports — RT World  News

सन् २०१९ को तथ्यांकअनुसार चीनले १७४ बिलियन अमेरिकी डलर रक्षाबजेटको रुपमा छुट्याएको थियो। अमेरिकाले सोहीवर्ष ६८५ बिलियन डलर रक्षाबजेटको रुपमा छुट्याएको थियो जुन चीनको भन्दा धेरै बढी हो।

अमेरिकाभन्दा चीन अझैपनि परमाणु हतियारको मामिलामा पछाडि रहेको विश्लेषकहरु बताउँछन्।

अमेरिका र चीनबीच पछिल्लो समय विभिन्न विषयमा विवाद बढिरहेको छ। यसबीचमा चीनले परमाणु अस्त्रलाई दोब्बर बनाउने विषय सार्वजनिक भएको हो।

China successfully test launches new DF-41 ICBM into the South China Sea

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .