ad ad

राजनीति


अरुणाचल प्रदेश हाम्रो दक्षिण तिब्बती क्षेत्र हो, भारतको दाबी अमान्यः चीन

अरुणाचल प्रदेश हाम्रो दक्षिण तिब्बती क्षेत्र हो, भारतको दाबी अमान्यः चीन

नेपालखबर
भदौ २२, २०७७ सोमबार ११:४३,

भारतीय संचार माध्यमका अनुसार केही समययता चीनसँगको सीमा नजिक माछा मार्न गएका पाँच भारतीय नागरिक सेरा ७ भन्ने क्षेत्रबाट बेपत्ता बनेका छन्।

भारतमा यी व्यक्तिहरुलाई चिनियाँ सेनाले अपहरण गरेको आशंका गरिएको छ।

यसबीचमा भारतले हालै सीमाबाट हराइरहेका आफ्ना नागरिक चिनियाँ सेनाको कब्जामा छन् या छैनन् भनेर चिनियाँ सेनासँग प्रश्न गरेको सोमबार बताएको छ।

भारतको रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल हर्ष बर्दन पाण्डेका अनुसार भारतीय सेनाले चिनियाँ सेनासँग यस विषयमा प्रश्न गरेको छ।

यसअघि चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेशका पाँच नागरिक अपहरण गरेको काँग्रेसका सांसद निनोङ इरिङले दाबी गरेका थिए।

उनले चिनियाँ सेनाले आफ्ना नागरिक अपहरण गरेकाले भारतले कडा कदम चाल्नुपर्ने बताएका थिए भने उनले लद्दाख र दोक्लामपछि अरुणाचल प्रदेशका भूभागमा चिनियाँ सेनाले आक्रमण सुरु गरेको पनि आरोप लगाएका थिए।

यसबीचमा यस विषयमा चिनियाँ विदेशमन्त्रालयको जवाफ आएको छ। सोमबार विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भारतीय सेनाले चिनियाँ सेनालाई प्रश्न गरेको विषयमा भनेका छन्,‘हामीसँग प्रश्नको बारेमा जारी गर्न कुनै विवरण छैन।’

भारतले अरुणाचल प्रदेशबाट आफ्ना नागरिक हराएको बताइरहँदा यस विषयमा भने झाओ लिजियानले भनेका छन्,‘अरुणाचल प्रदेश भन्ने क्षेत्रलाई चीनले मान्यता दिएको छैन। त्यो इलाका चीनको दक्षिण तिब्बली क्षेत्र हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .