ad ad

राजनीति


किसानका छोरा सुगा बने जापानको नयाँ प्रधानमन्त्री

किसानका छोरा सुगा बने जापानको नयाँ प्रधानमन्त्री

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ६:१६,

केही समय अगाडि मात्र स्वास्थ्यमा आएको खराबीसँगै सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नयाँ नेताको रुपमा सुगा निर्वाचित भएका थिए। संसदमा डेमोक्र्याटिक पार्टीको बहुमत भएकाले सुगा नै देशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित थियो।

बुधबार संसदमा भएको निर्वाचनमा सुगाले ४६२ मध्ये ३१४ मत प्राप्त गरेको बीबीसीले जनाएको छ।

सुगा यसअघि प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी थिए। उनी आबेको विश्वास पात्रको रुपमा रहेका थिए।

को हुन् सुगा?

जापानको नयाँ प्रधानमन्त्री बनेका सुगा किसानमा छोरा हुन्।

सन् १९४८ मा स्ट्रबेरी किसानहरूको परिवारमा जन्मिएका योसिहिदे सुगा जापानी राजनीतिको शिखरमा पुग्ने सम्भ्रान्तहरूभन्दा फरक पृष्ठभूमि भएका राजनीतिकर्मी हुन्।

टोक्योको होसेइ विश्वविद्यालयबाट स्नातकोत्तर सकेलगत्तै उनले संसदीय निर्वाचन अभियानमा काम थालेर राजनीतिक यात्रा सुरू गरेका थिए।

पछि उनी लिबरल डेमोक्रेटिक पार्टीका एक सांसदको सचिव बने अनि आफ्नै राजनीतिक करीयर शुरू गरे।

सन् १९८७ मा उनी योकोहामा नगर परिषदमा निर्वाचित भए र सन् १९९६ मा पहिलोपटक जापानी संसद् डायटमा निर्वाचित भएका थिए।

सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई गृह तथा सञ्चार मन्त्रालयको वरिष्ठ उपमन्त्री बनाए।

त्यसको एक वर्षपछि कोइजुमीका उत्तराधिकारी सिन्जो आबेले उनलाई तीनवटा मन्त्रालय सम्हाल्ने गरी मन्त्रीमा बढुवा गरे।

आबेले पछि सन् २०१२ मा पुनः प्रधानमन्त्री बन्दा सुगालाई चीफ क्याबिनेट सेक्रेटरी जस्तो प्रभावशाली पदमा नियुक्त गरे।

विगत आठ वर्षदेखि आबेको विश्वास पात्रको रूपमा रहेका सुगाले दैनिक मिडिया ब्रिफिङ गर्ने गरेका थिए र जापानको जटिल कर्मचारीतन्त्रलाई व्यवस्थापन गर्ने छवि बनाएका थिए।

सरकारको सार्वजनिक मुहारका रूपमा उनले सन् २०१९ मा नयाँ राजाको नाम घोषणा गरे। सम्राट अकिहितोले गद्दी त्यागेपछि उनका छोरा नारुहितोको शासन शुरू भयो जसलाई रेइवा भनी सुगाले नाम दिइएको छ।

त्यसपछि उनलाई रेइवा अंकल भनी सम्बोधन गर्न थालियो।

सिन्जो आबेले अगस्ट २८ मा स्वास्थ्यको कारण देखाउँदै पदत्यागको घोषणा गरेपछि सुगा नै उनको उत्तराधिकारी बन्ने अनुमान गरिएको थियो।

गत सेप्टेम्बर २ मा उनले पार्टी प्रमुखका लागि औपचारिक उम्मेदवारीको घोषणा गरेपछि पार्टीका बहुमत गुटहरूले उनलाई समर्थन गरे।

पार्टीको कुनै पनि गुटमा नरही अनि राजनीतिक विरासत पनि नभई पार्टी प्रमुख बन्ने सुगाले जापनी इतिहासकै पहिला नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .