गण्डकी प्रदेश सरकारले मातहतका कर्मचारीहरुलाई तालीम दिन थालेको छ।
गण्डकी प्रदेश सरकारले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिने उद्देश्यले स्थापित गण्डकी प्रशिक्षण प्रतिष्ठानले आइतबार मन्त्रिपरिषदमा लैजाने प्रस्ताव लेखनसम्बन्धी तालीम सुरु गरेको हो।
तालीममा विभिन्न मन्त्रालयबाट छानिएका २३ कर्मचारी सहभागि छन्। प्रशिक्षण प्रतिष्ठान गठनसँगै तालीम सुरु गरेपछि गण्डकी प्रदेश आफ्ना कर्मचारीलाई तालीम दिने पहिलो प्रदेश बनेको छ।
प्रतिष्ठानले प्रशिक्षण सामग्री तयार गर्ने, समस्यामूलक अनुसन्धान, परामर्श सेवा तथा सूचना सेवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने र संघ प्रदेश र स्थानीय तह सञ्चालन र व्यवस्थापनलगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने अख्तियारी पाएको छ। प्रदेश प्रतिष्ठानको अध्यक्ष ऋषिराम पाण्डे हुन्।
प्रतिक्रिया