ad ad

राजनीति


दोक्लम झडपयता चीनले भारतसँगको सीमामा हवाई अड्डाको संख्या दोब्बर बनायोः रिपोर्ट

दोक्लम झडपयता चीनले भारतसँगको सीमामा हवाई अड्डाको संख्या दोब्बर बनायोः रिपोर्ट

नेपालखबर
असोज ६, २०७७ मंगलबार १३:२३,

सन् २०१७ को दोक्लम झडपपछि भारतको सीमानजिक चीनले कम्तीमा १३ वटा नयाँ सैन्य संरचना निर्माण गरेको एक रिपोर्टले देखाएको छ।

त्यस्तै, गएको तीन वर्षमा चीनले सीमा क्षेत्रमा हवाई अड्डाको संख्या समेत दोब्बर पारेको छ।

मंगलबार स्ट्रयाटफर नामक सुरक्षा तथा गुप्तचर कन्सल्टेन्सीले सार्वजनिक गरेको रिपोर्टअनुसार ती नयाँ संरचनामा ३ वटा हवाई अड्डा, पाँच हवाई प्रतिरक्षा अखडा र पाँच हेलिपोर्ट छन्।

‘चार वटा हेलिपोर्ट भने यस वर्षको लद्दाख संकटपछि निर्माण थालिएको हो,’ बेल्जियमस्थित सो कन्सल्टेन्सीले बताएको छ।

‘२०१७ को दोक्लम संकटले चीनको रणनीतिक उदेश्य बदलिदिएको देखिन्छ। त्यसपछिका तीन वर्षमै उसले भारतसँगको सीमामा रहेका हवाई अड्डा, हवाई प्रतिरक्षा अखडा र हेलिपोर्टको संख्या दोब्बर बनाएको छ,’ रिपोर्टमा भनिएको छ।

लद्दाख झडपपछि दुई देशबीच तनाव उच्च विन्दुमा पुगेको छ। त्यसयता दुवै मुलुकले सीमा क्षेत्रमा सेनाको संख्या बढाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .