ad ad

राजनीति


प्रदेश २ सरकारलाई प्रदेश नीति आयोगले बुझायो वार्षिक प्रतिवेदन

प्रदेश २ सरकारलाई प्रदेश नीति आयोगले बुझायो वार्षिक प्रतिवेदन

शैलेन्द्र महतो
असोज ११, २०७७ आइतबार ९:४३,

प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारलाई आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन बुझाएको छ।

आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

आयोगले गत आर्थिक वर्षमा गरेको कामहरुको विवरण समेट्दै ४२ पृष्टको प्रतिवेदन तयार पारेको हो।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालिन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दीगो विकासको लक्ष्यहरुको मार्गचित्र, प्रदेशको जानसांख्यिक स्थिती विवरण, प्रदेशको प्रोफाइल निर्माण, प्रदेश अनुगमन, तथा मूल्यांकन दिग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन निर्माण लगायतलाई अयोगले प्रतिवेदनमा गत आर्थिक वर्षको उपलब्धीको रुपमा राखेको छ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, आयोगका उपसचिव ठुलोबाबु दाहाल समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .