ad ad

कारोबार


कर्मचारीले प्रोत्साहन पाउँदा नेपालकै ठूलो उद्योगमा अरु बेलाभन्दा बढी उत्पादन

कर्मचारीले प्रोत्साहन पाउँदा नेपालकै ठूलो उद्योगमा अरु बेलाभन्दा बढी उत्पादन

नेपालखबर
असोज ११, २०७७ आइतबार ९:३३,

कोरोना संक्रमणका कारण नेपालमा गत चैत ११ देखि लकडाउन सुरु भएपछि धेरैजसो उद्योग तथा व्यवसायिक क्षेत्रमा काम गर्ने कामदारको तलव सुविधासमेत रोकियो।

लगानी कर्ताहरुले व्यवसाय नै ठप्प भएको भन्दै कामदारको तलव सुविधा कटौती गरे। केही उद्योगी तथा व्यवसायीहरुले त कामदार नै कटौती गरे। जसको कारण धेरै बेरोजगार समेत बने।

तर नेपालकै सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको रिलाइन्स स्पिनिङ मिलले भने आफ्ना कर्मचारीहरुलाई झन् प्रोत्साहन गर्ने काम गर्‍याे। 

यो उद्योगमा ५ हजार जनाले रोजगारी पाएका छन्। ५ हजार जनालाई रोजगारी दिने नेपालमा अरु उद्योगहरु छैनन्।

यसरी धेरै कामदारलाई तलव सुविधाहरु वितरण गर्नुपर्ने भएपनि यसका सञ्चालक पवन गोल्यानले भने नेपालमा कोरोना संक्रमण सुरु भएदेखि नै कर्मचारीहरुलाई प्रोत्साहन गर्ने काम गरे। उनले कर्मचारीहरुलाई कोरोनाबाट नआत्तिकन काम गर्न र सचेतनाका उपायहरु अपनाउन निर्देशन दिए। कर्मचारीहले पाउने सुविधाहरु पनि समयमा नै प्रदान गर्ने काम निरन्तरता नै राखे।

योे उद्योगले अरु समयमा भन्दा बढी उत्पादन गरेको छ। उद्योगले उत्पादन गर्ने वस्तु धागो हो। यहाँ उत्पादन हुने धागो धेरै मात्रामा विदेश निर्यातसमेत हुन्छ। यो उद्योगले निर्यातमा समेत रेकर्ड कायम गरेको गोल्यानले बताएका छन्।

उद्याेगकाे उत्पादन वृद्धि भएपछि गोल्यानले आज कर्मचारीहरुलाई पत्र लेख्दै ‘तपाईं (कर्मचारी) हरुको मेहेनतले मात्रै यो सम्भव भएको’ बताएका छन्।

उनले उक्त पत्रमा भनेका छन्, ‘रिलायन्स स्पिनिङ मिल्सका प्रत्येक सदस्यले साहस र समर्पणका साथ काम गर्नुभएको छ। हाम्रो कम्पनी सुदृढ बनाउन सञ्चालक समितिको तर्फबाट, हाम्रा सबै कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु। म तपाईंहरु सबैलाई मेरो टीमको सदस्य बनाउन पाएकोमा गर्व गर्दछु र रिलायन्सलाई असाधारण काम गर्ने शक्ति पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु।’

pawan-patra.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .