ad ad

राजनीति


खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूतमा सिफारिस

खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूतमा सिफारिस

नेपालखबर
असोज १५, २०७७ बिहिबार ५:५१,

सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेको हो।

त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।

रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, साढे दुई वर्ष अर्थमन्त्री, केही दिन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अन्ततः राजदूत सिफारिस भएका हुन्।

मुख्यसचिवबाट अवकास पाएसँगै कुनै शक्तिशाली देशको राजदूत बनाउने परम्परा अनुसार रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको हो। राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहान मात्रै राजीनामा दिएका थिए।

संसदीय सुनुवाई प्रक्रिया पूरा भएपछि खतिवडा र रेग्मीलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .