ad ad

कारोबार


‘भायानेट बडादशैँमा बडा टिभी’ अफर

‘भायानेट बडादशैँमा बडा टिभी’ अफर

नेपालखबर
असोज १५, २०७७ बिहिबार ५:५१,

भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर ‘भायानेट बडादशैँमा बडा टिभी’ आफ्ना ग्राहकहरुका लागि ल्याएको छ।

कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैँ र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैँमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ।

यस योजनाअन्तर्गत भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् भने ३२ इन्चको स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्नेछन्। यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले इसेवाको ६ सय ५० रुपैयाँसम्मको क्यास भौचर प्रदान गरिनेछ।

पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन्। ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने छन्। भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीमा स्मार्टटिभीको फिचरको मजा लिन सकिनेछ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधैँ लागिपरेको हुन्छ। यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा
ग्राहकहरुलाई खुसी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .