ad ad

राजनीति


डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न राणाको आग्रह

डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न राणाको आग्रह

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १४:५६,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता प्रकट गरेका छन्।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन्। डा. केसीको जायज माग पूरा गर्न गम्भीर बन्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

‘चिकित्सा शिक्षाको सुधार विमित राख्ने विषय हैन। तै १९ दिन यता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ शुक्रबार ट्वीट गर्दै राणाले भने।

‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ। नागरिक जीवन रक्षाको भार बोध गर्दै गंभीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउदछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .