ad ad

राजनीति


प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रस्तावप्रति मसालद्वारा स्वागत

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रस्तावप्रति मसालद्वारा स्वागत

नेपालखबर
असोज १६, २०७७ शुक्रबार १४:४१,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रदेश ५ को नाम लुम्बिनी राख्न गरिएको प्रस्तावको स्वागत गरेको छ। महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकाशित गरी लुम्बिनी प्रति स्वागत गरेका हुन्।

तर, प्रदेशको स्थायी राजधानी तोक्ने प्रक्रियाको भने सिंहले विरोध गरेका छन्। मसालले विगतदेखि नै प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन गर्न माग गर्दै आएको थियो।

वक्तव्यमा भनिएकाे छ, ‘हामीले शुरुदेखि नै यो कुरामा जोड दिँदै आएका छौँ कि, प्रदेशको राजधानी तोक्नको लागि एउटा अधिकार सम्पन्न आयोगको गठन हुनुपर्दछ र त्यसको सिफारिस अनुसार नै राजधानीको स्थान तोकिनु पर्दछ। हामीले ५ नं. प्रदेश बारे मात्रै होइन, सबै प्रदेशका राजधानीबारे त्यही प्रकारको प्रक्रिया अपनाउनुपर्ने आवश्यकतामा जोड दिदैँ आएका छाैं।’

सिंहले अगाडि भनेका छन्, ‘हाम्रो यो स्पष्ट विचार छ कि प्रदेश वा प्रदेश सभाले राजधानीको स्थान तोक्दा अनावश्यक रुपमा विवाद पैदा हुन्छ र स्थिति तनावपूर्ण बन्न जान्छ। त्यस्तो हुन नदिन हामीले अधिकार सम्पन्न आयोगको गठन गरेर त्यसबारे निर्णय गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र अहिले पनि त्यही कुरामा जोड दिन्छौँ।’

संघीयता र प्रदेश संरचना खारेजीमा जोड दिएको मसालले सुरुदेखि नै सातवटा प्रशासनिक प्रदेश निर्माणमा जोड दिएको थियो। पहाड र तराई जोडिने गरी कोशी, सगरमाथा, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र महाकाली प्रदेश नामाकरण गर्न तथा तिनको मुकामका लागि अधिकार सम्पन्न आयोग बनाउन मसालले माग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .