ad ad

राजनीति


राष्ट्रसंघमा शक्तिप्रदर्शनः ३९ मुलुकद्वारा चीनको आलोचना, ७० ले गरे समर्थन

राष्ट्रसंघमा शक्तिप्रदर्शनः ३९ मुलुकद्वारा चीनको आलोचना, ७० ले गरे समर्थन

नेपालखबर
असोज २१, २०७७ बुधबार ९:४३,

सिन्झियाङ, हङकङ र तिब्बतमा मानव अधिकारको स्थितिलाई लिएर संयुक्त राष्ट्रसंघमा चीन र पश्चिमा मुलुकबीच शक्ति प्रदर्शन भएको छ।

मानव अधिकारका विषयमा संयुक्त राष्ट्रसंघमा मंगलबार भएको बैठकमा जर्मनी, अमेरिका, बेलायतसहितका ३९ मुलुकले चीनको चर्को आलोचना गरे। त्यसको जवाफमा विभिन्न समूहमा झण्डै ७० मुलुकले चीनको समर्थनमा वक्तव्य दिएका छन्।

‘सिन्झियाङमा मानव अधिकारको स्थिति र हङकङमा विकसित घटनाक्रमबाट हामी निकै चिन्तित भएका छौँ,’ राष्ट्रसंघका लागि जर्मनीका राजदूत क्रिस्टोफ होयस्गेनले भने।

उनले राष्ट्रसंघीय पर्यवेक्षकलाई सिन्झियाङमा तत्काल पहुँच दिन आह्वान गरे।

पश्चिमा मुलुकहरुले सिन्झियाङमा कम्तीमा १० लाख मानिसलाई चीनले बन्दी बनाएको आरोप लगाउँदै आएका छन्। चीनले भने सो आरोप निराधार भएको बताउँदै आएको छ। त्यहाँ निर्मित शिविरहरु सीपमूलक तालिमकेन्द्र भएको चीनको भनाइ छ।

चीनले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिसेल ब्याचलेलाई पनि सिन्झियाङ भ्रमणको निम्तो दिएको छ।

पश्चिमा मुलुकहरुको यस्तो वक्तव्यपछि क्युबाको नेतृत्वमा ४५ मुलुकले चीनको पक्षमा वक्तव्य दिए। उनीहरुले चीनको आन्तरिक मामिलामा पश्चिमाहरुले गरेको हस्तक्षेपको विरोध गरेका छन्।

लगत्तै पाकिस्तानको नेतृत्वमा हङकङको मामिलामा चीनको समर्थन गर्दै ५५ मुलुकले वक्तव्य जारी गरेका छन्।

त्यस्तै कुवेतको नेतृत्वमा खाडी मुलुकहरुले मानव अधिकारलाई राजनीतिक मुद्दा नबनाउन पनि आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .