नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको शुक्रबार निधन भएको छ।
९९ वर्ष पुरा गरी १०० वर्ष टेक्ने क्रमका रहेका प्रसाईंको शुक्रबार निधन भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
मानव अधिकारकर्मी चरण प्रसाईंका अनुसार उनको दिउँसो १ः३० बजे निधन भएको हो।
‘अत्यन्तै आदरणीय व्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको छ,’ शर्माले भनेका छन्, ‘अलग्गै स्वभाव, विचार र शैलिले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपि कोइरालाप्रती निस्ठावान अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो।’
प्रतिक्रिया