सरकारले अन्तर्राष्ट्रिय सीमासम्बन्धी अहिलेकै व्यवस्थालाई कातिक मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।
भारतततर्फ आवतजावतका लागि अहिले जस्तै १० वटा नाका मात्र खुला राख्ने र अन्य नाकाहरु बन्द नै गर्ने निर्णय भएकाे एक मन्त्रीले बताए।
अहिले झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी मात्र भारततर्फ आवतजातका लागि खुला छन्।
याे पनि:
- दशैँ यथास्थानमा मनाउन सरकारकाे आह्वान, हवाइ यातायातमा खुकुलाे
1.4k
Shares
प्रतिक्रिया