नोभेम्बर ३ मा रिपब्लिकन पार्टीका ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।
आगामी महिना निर्वाचन हुन लागेका बेला यतिबेला दुई नेता चुनावी प्रचारप्रचार कार्यक्रममा व्यस्त छन्।
चुनावी अभियानकै क्रममा ट्रम्पले म्याकोन, जोर्जियामा आफूले चुनाव हारे अमेरिका नै छाड्नसक्ने बताएका छन्।
पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा दिँदै भने,‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ।’
उनले ठट्यौली तवरबाट भने,‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नु पर्छ होला, मलाई थाहा छैन।’ एजेन्सी
14.3k
Shares
प्रतिक्रिया