ad ad

राजनीति


नेकपाले दसैँ भत्ता एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

नेकपाले दसैँ भत्ता एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ८:०,

चौतर्फी विरोध भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद तथा पदाधिकारीलाई वितरण गर्ने दसैँ भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।

स्वास्थ्य संकटका कारण जनता चरम समस्यामा परेका बेला सांसद तथा अन्य पदाधिकारीले अतिरिक्त भत्ता लिएपछि त्यसको सर्वत्र विरोध भएपछि सत्तारुढ दलले सो निर्णय गरेको हो।

त्यस विषयमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाटै विज्ञप्ती जारी गर्ने तयारी भैरहेको छ।

‘कोरोना नियन्त्रणका लागि स्थापना गरिएको प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने तयारी भएको छ,’ राष्ट्रियसभामा नेकपामा प्रमुख सचेतक खिमलाल भट्टराईले नेपालखबरसँग भने, ‘केही बेरमा यसको औपचारिक घोषणा हुने छ।’

प्रतिनिधि सभामा नेकपाका अहिले १ सय ७२ जना सांसद बहाल छन्। प्रतितिनिधि सभामा नेकपाको १ सय ७४ सिटमध्ये सांसद अग्निप्रसाद सापकोटा सभामुख भएपछि नेकपा दलसँग औपचारिकरुपमा आवद्ध नरहेकाे मानिन्छ। गतसाता नेकपाकै समानुपातिकतर्फकी सांसद सानु सिवा पहाडीको निधन भएको थियो।

त्यसैगरी संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् तीमध्ये राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबाट मनोनित तीनजनालाई स्वतन्त्र मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .