ad ad

समाज


कोरोनाविरुद्धको चिनियाँ खोपलाई विश्वव्यापी बनाउने वाचा पुरा गर्नेछौंः चीन

कोरोनाविरुद्धको चिनियाँ खोपलाई विश्वव्यापी बनाउने वाचा पुरा गर्नेछौंः चीन

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ८:९,

चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङले चिनियाँ खोपलाई विश्वव्यापी बनाउने र सबैको पहुँचमा पुर्याउने विषय फेरि दोहोर्याएका हुन्।

चीनले यसअघि नै विकासोन्मुख र गरिब राष्ट्रलाई आफूले खोप वितरणको प्राथमिकतामा राखेको बताएको थियो।

विदेशमन्त्री यीले हालै इन्डोनेसिया र फिलिपिन्सको प्रतिनिधिसँग भेटका थिए। साथै उनले कम्बोडिया, मलेसिया, लाओस, थाइल्यान्ड र सिंगापुरको भ्रमण गरेका थिए।

China's Wang Yi calls for mutual respect in trade talks with US | China  News | Al Jazeeraचिनियाँ विदेशमन्त्री वाङ यी

धेरै देशका प्रतिनिधिलाई भेटेसँगै यीले आफ्नो खोप विश्वव्यापी बनाउने प्रतिवद्धतालाई पुरा गर्ने बताएका हुन्।

हाल विश्वभर ११ वटा खोपहरु तेस्रो चरणको परीक्षणका लागि योग्य भएका छन्। ११ मध्ये चारवटा खोप चीनको हो। चीनले चाँडै खोपहरु तयार हुने दाबी गरिरहेको छ।

यसबीचमा चीन हालै संयुक्त राष्ट्रसंघल् नेतृत्व गरेको कोभ्याक्स योजनामा सामिल भएको थियो। कोभ्याक्स योजनाको उद्देश्य विश्वभरका मानिसलाई कोरोनाविरुद्धको खोप समान रुपमा उपलब्ध गराउनु रहेको छ। एससीएमपी

यो पनिः गरिब राष्ट्रलाई खोप वितरण गर्ने उद्देश्यका साथ चीन कोभ्याक्स योजनामा आवद्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .