ad ad

राजनीति


कोरोनाको उपचारबाट पछि हटेको भन्दै विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

कोरोनाको उपचारबाट पछि हटेको भन्दै विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ४:११,

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ।

विप्लवले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवले लगाएका छन्। सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लवले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

संघर्षका कार्यक्रममा कोण सभा, पर्चा वितरण, विरोध जुलुस लगायतका छन्। कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितराण र २० गते विरोध जुलुस प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।

विप्लवले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग अघि सारेका छन्।

उनले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन्। सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ।

हेर्नुस् प्रेस विज्ञप्ति:

Biplav Statement 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .