भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिक फिर्ता गरेको छ।
दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ।
ती चिनियाँ सैनिक सोमबार भूलवश सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ लद्दाखको चुमार–डेमचक क्षेत्रमा पुगेका थिए।
याे पनि : भारतले हाम्रा एक सैनिक समातेको छ, आशा छ फिर्ता गर्नेछ : चीन
प्रतिक्रिया