ad ad

राजनीति


राष्ट्रपति भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन (भिडियाे)

राष्ट्रपति भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन (भिडियाे)

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ७:१६,

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन गरेकी छन्।

 बुधबार आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन्। रानीपोखरीको  मल्लकालीन शैलीमा नेपाल सरकारले पुनर्निर्माण  गरेको हो।

 पूनर्निमाणपछि रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन्।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले भूकम्पका कारण भएको मानवीय क्षति फिर्ता गर्न नसके पनि भौतिक संरचना भने अझ बलियो गरी निमाएण गर्ने प्रतिवद्धताले मूर्तता पाउँदै गएकोमा आफूलाई खुसी लागेको बताइन्।

उनले भूकम्पबाट क्षति भएका बाँकी संरचानले पनि छिट्टै पूर्णत पाउने विश्वास उनले गरिन्।

उनले प्रताव मल्लले निर्माण गरेको रानी पोखरीको आफ्नै एतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व रहेको बताइन्।

 रानीपोखरीको उद्घाटन लगत्तै राष्ट्रपति भण्डारी दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छन्। दरबार हाइस्कुल चीन सरकारको सहयोगमा निर्माण भएको हो।

उनले पुनःनिर्माणमा सहयोग पुर्‍याएकोमा चीन सरकारलाई धन्यवाद समेत दिएकी छन्।

भिडियाे: 

याे पनि: 
रानीपोखरीले पुनर्जीवन पायो, अब २२ तल्लाको धरहरा पुसमा पूरा गर्छौं : ज्ञवाली (पूर्ण पाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .