ad ad

राजनीति


चीनसँगको विवादबीच भारतद्वारा लगातार क्षेप्यास्त्र परीक्षण, बिहीबार ‘नाग’ क्षेप्यास्त्रको सफल प्रक्षेपण

चीनसँगको विवादबीच भारतद्वारा लगातार क्षेप्यास्त्र परीक्षण, बिहीबार ‘नाग’ क्षेप्यास्त्रको सफल प्रक्षेपण

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १०:०,

केही समय अगाडि मात्र भारतले ब्राह्मोस नामको क्रुज क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको थियो।

बिहीबार भने भारतले ‘नाग’ नामको क्षेप्यास्त्रको सफल रुपमा परीक्षण गरेको इन्डिया टुडेले जनाएको छ।

तेस्रो जेनेरेसनको एन्टी–ट्यांक गाइडेड मिसाइल राजस्थानको पोखरन भन्ने ठाउँमा परीक्षण गरिएको भारतको रक्षा अनुसन्धान र विकास संगठन डिआरडीओले जनाएको छ।

नाग मिसाइल क्यारीएरबाट प्रहार गरिएको क्षेप्यास्त्रले लक्ष्यमा पुगेर मारहान्न सकेको बताइएको छ।

यस क्षेप्यास्त्रलाई अब भारतीय सेनाले प्रयोग गर्ने बताइएको छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले नाग मिसाइलको सफल प्रक्षेपणपछि डीआरडीओलाई बधाई दिँदै भारतीय रक्षा क्षमता मजबुत भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .