ad ad

राजनीति


अविश्वासको प्रस्ताव अस्वीकार भएपछि ओली पक्षले भन्यो : बहुमतको दम्भ देखाउन खोजियो

अविश्वासको प्रस्ताव अस्वीकार भएपछि ओली पक्षले भन्यो : बहुमतको दम्भ देखाउन खोजियो

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ६:४९,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव अस्वीकार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बहुमतको दम्भ देखाउन खोजेको आरोप लगाएको छ।

शुक्रबार बिहान बसेको नेकपाको प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शाहीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ। सो बैठकमा १८ सांसदको उपस्थिति थियो। कर्णालीमा नेकपाका सभामुखसहित ३३ सांसद रहेका छन्।

संसदीय दलले अविस्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेपछि पूर्वमुख्य सचेतक गुलाबजंग शाहले आजको बैठकको औचित्य नभएको प्रतिक्रिया दिए। ‘उहाँहरुले बहुमत देखाउन खोज्नु भएको होला। यसको कुनै औचित्य छैन’, शाहले नेपालखरबसँग भने।

तर यसपछि  कसरी अघि बढ्ने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताए।

याे पनि :  मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल, मन्त्रिमण्डल पुनर्गठनको बाटो खुल्यो

यो गुटबन्दीको कुरा होइन। कसरी अघि बढ्छ भन्ने विषयमा उहाँहरुलाई सोध्नु होला’, उनले भने। शाहले बैठकअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ववत जिम्मेवारीका लागि मुख्यमन्त्रीलाई पत्र लेखेको समेत जानकारी दिए।

मुख्यमन्त्री शाहीविरुद्ध बहुमत सांसदले अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई बर्खास्त गर्दै सीता नेपालीलाई मुख्य सचेतक बताएका थिए। त्यसअघि उनी सचेतक रहेकी थिइन्। मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई प्रमुख सचेतक बनाएका थिए।

कर्णालीको विवादको कारण नेकपाको शीर्ष नेतृत्वमा विवाद बढेको छ। सोही विवादका कारण पछिल्लो समय दुई अध्यक्षबीच संवाद नै हुन छाडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .