ad ad

राजनीति


पोम्पिओ कोलम्बो पुग्नै लाग्दा चीनले अमेरिकालाई भन्यो– श्रीलङ्कामाथि दादागिरी नगर

पोम्पिओ कोलम्बो पुग्नै लाग्दा चीनले अमेरिकालाई भन्यो– श्रीलङ्कामाथि दादागिरी नगर

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ७:९,

चीनले दक्षिण एसियाली मुलुक श्रीलङ्कामाथि अमेरिकाले दादागिरी गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

श्रीलङ्काले अब चीनसँगको आफ्नो सम्बन्धबारे ‘कठिन तर जरुरी छनोट’ गर्नैपर्ने भन्ने एक वरिष्ठ अमेरिकी अधिकारीको भनाइ आएपछि चीनले सो प्रतिक्रिया जनाएको हो।

चीनको प्रभावलाई कम गर्ने उद्देश्यसहित हाल एसियाली मुलुकहरुको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ कोलम्बो पुग्नु केहिअघि कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य नै जारी गर्दै सो प्रतिक्रिया जनाएको हो।

‘विदेशमन्त्रीको भ्रमणकाे मौका पारेर चीन–श्रीलङ्का सम्बन्धमा हस्तक्षेप गर्ने र श्रीलङ्कामाथि दादागिरी गर्ने कदमको हामीले कडारुपमा विरोध गर्छौं,’ सोमबार एक वक्तव्य जारी गर्दै दूतावासले भनेको छ।

चीनले श्रीलङ्कामा बीआरआई परियोजनाअन्तर्गत अर्बौं डलरका पूर्वाधार परियोजना बनाइरहेको छ। एसिया र युरोपलाई जोड्ने यो परियोजनाले अमेरिका र भारतलाई नराम्रोसँग झस्काएको छ।

चीन र श्रीलङ्काको सम्बन्ध दुई हजार वर्ष पुरानो भएको जनाउदै, चिनियाँ दूतावासले यी दुई पुराना मित्रलाई के गर्ने के नगर्ने भनी अमेरिकाले सिकाउन जरुरी नभएको बताएको छ।

यस क्षेत्रका केहि साना मुलुकलाई चीनले आफ्नो ऋणको पासोमा पार्दै आर्थिक हैकम जमाउन खोजेको भनी त्यसलाई कम गर्ने योजनाका साथ पाेम्पिओले भारतपछि श्रीलङ्का र माल्दिम्सलगायत देशहरुको भ्रमण गरेको बताइएको छ।

पोम्पिओ कोलम्बो आउनै लागेका बेला अमेरिकी विदेश मन्त्रालयका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने वरिष्ठ अधिकारी डिन थमसनले अब श्रीलङ्काले दिर्घकालीन आर्थिक स्वतन्त्रताका लागि कठोर निर्णय गर्नुपर्ने बेला आएको भनेपछि त्यसबारे श्रीलङ्कामा समेत तीब्र बहस सुरु भएको छ।

श्रीलङ्का कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेका बेला पोम्पिओ त्यहाँको भ्रमणमा गएकोमा समेत चीनले आपत्ति जनाएकाे छ।

‘के यसले गर्दा महामारी रोकथाममा सहयोग पुग्छ त? यो श्रीलङ्काली जनताको पक्षमा त छ त?’ दूतावासले भनेको छ।

चीनका शीर्ष कुटनीतिज्ञ याङ जिचीले एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यसै महिना कोलम्बो भ्रमणमा आएपनि सो टोलीले त्यहाँको स्वास्थ्य प्रोटोकलअनुसार न्युनतम गतिबिधिमा सीमित गरेको चिनियाँ दूतावासको भनाइ छ। -रोयटर्स

याे पनि: 
अमेरिका र भारतका मन्त्रीहरुबीच भेटवार्ता, चीनको खतराविरुद्ध एक हुनुपर्ने भनाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .