नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाका नेता वीरबहादुर ठगुन्नाको बुधवार निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त वामपन्थी नेता ठगुन्नाको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो।
उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) दार्चुलाका संस्थापक समेत थिए।
तत्कालीन एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका ठगुन्ना वि.सं. २०४९ सालमा जिविस दार्चुलाका सदस्य, वि.सं. २०५४ सालमा जिविस दार्चुलाका उपसभापति र समाज कल्याण परिषदमा कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए।
ठगुन्नाको भोली बिहीवार बिहान १० बजे पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
उनकाे निधनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
138
Shares
प्रतिक्रिया