ad ad

राजनीति


१८० प्रहरी सुडानस्थित युनामिड मिसनमा जाँदै, आईजीपी थापाद्वारा बिदाई

१८० प्रहरी सुडानस्थित युनामिड मिसनमा जाँदै, आईजीपी थापाद्वारा बिदाई

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ९:३,

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपीयू) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७ औं समूहमा जाने प्रहरीको बिदाई गरिएको छ। 

महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन्।

महानिरीक्षक थापाले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका प्रहरीलाई वधाइ तथा शुभकामना दिए।

परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपीयू छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास आईजीपी थापाले व्यक्त गरे।

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्दछ।’

मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यूएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए।

police-bidai1.jpgयूएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालका अनुसार समूहमा एक जना प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेका छन्।

उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूहमा गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .