ad ad

राजनीति


‘आफू संकटमा परेपछि पार्टी विभाजनको हल्ला चलाइयो’

‘आफू संकटमा परेपछि पार्टी विभाजनको हल्ला चलाइयो’

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १३:१,

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्यहरुले एक जना अध्यक्ष संकटमा पर्दैमा पार्टी विभाजन नहुने तर्क गरेका छन्।

उनीहरुले पार्टी अध्यक्षले संगठन र पार्टी कमिटिमा छलफल नगर्दा अहिले गम्भीर समस्या देखा परेको बताए।

स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी विभाजन गर्ने कुरा गरेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समस्यालाई विषयान्तर गर्न प्रयासरत् रहेको आरोप लगाए।

‘एकजना अध्यक्षलाई संकट पर्यो भन्दैमा सिंगो पार्टीलाई परेको भन्ने हुँदेन,’ वरिष्ठ नेता माधवकुमार नेपालपक्षका स्थायी समिति सदस्य पन्तले नेपालखबरसँग भने, ‘कहाँबाट समस्या सुरु भयो र समाधान के हो भन्ने कुरामा नेताहरु जानकार छन्, तर यसको समाधान नगरेर पार्टी फुट्ने कुरा विषयान्तर गर्न ल्याइएको हो।’

नेता पन्तले कम्युनिष्ट पार्टी भएर पनि संगठन र कमिटी प्रणालीमा नचलेकै कारण पछिल्लो समस्या आएको बताए।

‘कम्युनिष्ट पार्टी संगठन प्रणालीबाट चल्छ, संकट नै परेको हो भने, सचिवालय वा स्थायी कमिटि बैठक बोलाउनुपर्यो त्यसले निकास दिन्छ,’ पन्तले थपे।

अर्का स्थायी समिति सदस्यले पनि पार्टीभित्र अल्पमतमा पर्दै गएर आँफै संकटमा परेपछि पार्टी विभाजनको हल्ला चलाइएको बताए।

‘अध्यक्ष ओलीलाई संकट परेकाले पार्टी विभाजनको चर्चा चलाइएको हो,’ नाम उल्लेख गर्न नचाहने ती नेताले भने।

याे पनि: बहुमत सचिवालय सदस्यलाई प्रचण्डको ब्रिफिङ: प्रधानमन्त्री पार्टी फुटाउने तयारीमा हुनुहुन्छ, के गर्ने?

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय तिक्तता बढ्दो छ।

झण्डै दुई साता लामो संवादहीनतापछि शनिबार दुई अध्यक्षबीच भएको भेटघाटमा समेत सौहार्द्धपूर्ण कुराकानी नभएको बताइएको छ।

पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटमा परेको भनी आज (आइतबार) सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गरेका छन्।

याे पनि: 
नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भयो: महासचिव विष्णु पौडेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .