ad ad

राजनीति


जितको नजिक पुग्दै गर्दा बाइडेनले भने : सत्ता कसैले कब्जा गर्न सक्दैन, यो त नागरिकले सुम्पने कुरा हो

जितको नजिक पुग्दै गर्दा बाइडेनले भने : सत्ता कसैले कब्जा गर्न सक्दैन, यो त नागरिकले सुम्पने कुरा हो

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ०:५२,

जारी मत गणनामा पछि पर्दै गएपछि धाँधलीको आरोप लगाउँदै डोनाल्ड ट्रम्पले अदालत जाने चेतावनी दिइरहेका बेला राष्ट्रपतिको चुनावमा उनका प्रतिद्वन्दी जो बाइडेनले सत्ता कसैले कब्जा गर्ने कुरा नभई नागरिकले सुम्पने चिज भएको बताएका छन्।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले ट्रम्पको नाम नलिईकन उनीविरुद्ध चेतावनीयुक्त भाषण गरेका हुन्। त्यस क्रममा बाइडेनले राष्ट्रिय एकताको कुरा पनि गरे।

आगामी ४ वर्षका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति बाइडेन प्रतिस्पर्धामा छन्। मंगलबार सम्पन्न मतदानको नतिजा आउने क्रम जारी छ।

मिसिगन राज्यको मत बाइडेनकै पक्षमा आउने र उनले जित्ने प्रक्षेपण समाचार एजेन्सी एपीले गरिरहेको छ।

अमेरिकाको राष्ट्रपति हुन २७० इलेक्टोरल भोट ल्याउनुपर्छ।

मिसिगन राज्यमा जित हासिल गर्नेबित्तिकै बाइडेन लक्ष्यनजिक पुग्ने देखिएको सञ्चारमाध्यमले जनाएका छन्। 

याे पनि :  

-ट्रम्प समर्थक अधिकारीको चेतावनी : पेन्सलभेनियाको मत गणनामा धाँधली भयो, हामी अदालत जान्छौं

-बाइडनेले भने :  म अमेरिकाकाे राष्ट्रपति हुनेमा ढुक्क छु

-जितनजिक पुगे बाइडेन, मतगणना रोक्ने प्रयासमा ट्रम्प

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .