ad ad

राजनीति


कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई थप उपचारका लागि काठमाडौँ लगिँदै

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई थप उपचारका लागि काठमाडौँ लगिँदै

गोकुल जोशी
कात्तिक २१, २०७७ शुक्रबार ६:४,

कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई थप उपचारका लागि शुक्रबार काठमाडौँ लगिँदै छ।

कोरोना संक्रमित मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले बताए।

मन्त्री शाह र उनकी श्रीमतीलाई १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा बसेका थिए। बिहीबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए।

‘स्वास्थ्यमा सुधार नआएकाले डाक्टरहरुले काठमाडौँ लैजान सुझाब दिए पछि लैजान लागिएको हो’, मन्त्रालयका प्रवक्ता जोशीले भने, ‘उहाँमा ज्वरो आउने, नाकबाट ब्लडिङ हुने तथा रिंगटा लाग्ने समस्या देखिएको छ। होम आइसोलेसनमा रहेका बेला चक्कर आएर लड्नु भएको रहेछ। त्यसपछि अस्पताल भर्ना गरिएको हो।’

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्था गर्न बिहीबार नै सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। उता सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले मन्त्री शाहलाई काठमाडौँ लैजान धनगढीका लागि हेलिकप्टर उडेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .