ad ad

राजनीति


पूर्व सांसद वीरबहादुर लामाको स्वास्थ्य अवस्था गम्भीर

पूर्व सांसद वीरबहादुर लामाको स्वास्थ्य अवस्था गम्भीर

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ९:३१,

दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

चार दिनदेखि बेहोस रहेका लामाको पाटन अस्पतालको आईसीयूमा उपचार भैरहेको छ। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लामालाई बिहीबारबाट भ्यान्टिलेटरमा राखिएको उनकी छोरी श्रमिक लामाले बताइन्।

‘कोरोनाको कारणमा समयमा डायलाइसिस हुन पाएन। त्यसले उहाँको स्वास्थ्य अवस्था बिग्रियो’ श्रमिकले भनिन्, ‘उहाँलाई निमोनिया भएको रहेछ। त्यसले गर्दा ज्वरो आएको थियो। कोरोनाको चौँथो पटक परीक्षण गर्दा नेगेटिभ आयो।’

त्यसपछि मात्रै अस्पतालमा भर्ना गरिएको उनले बताइन्। २ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेदेखि नै लामाको पाटन अस्पतालमा नियमित रुपमा डायलाइसिस हुँदै आएको थियो।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए।

२०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए।

लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो। २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए।

मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी छाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .