सरकारले किताब आयातमा गत दुई वर्षदेखि लगाउन थालेको भन्सार हटाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले किताब आयातमा भन्सार लगाउने नीति ल्याएका थिए।
खतिवडाले किताबमा बिक्री मूल्यको १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था सुरु गरेका थिए।
सरकारले पठन संस्कृतिलाई निरुत्साहित गर्न खोजेको भनी सो नीतिको धेरै आलोचना समेत भएको थियो।
प्रतिक्रिया