ad ad

समाज


ज्यान मुद्दाका दोषी १६ वर्षपछि पक्राउ, यस्तो थियो हत्याको कारण

ज्यान मुद्दाका दोषी १६ वर्षपछि पक्राउ, यस्तो थियो हत्याको कारण

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १५:५२,

कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ।

विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले लोहनीको हत्या गरेको प्रहरीले जनाएको छ।

विसं २०६४ मा जिल्ला अदालत काठमाडौँले उक्त घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएपनि फरार हुँदै आएका थिए।

उक्त घटनापछि गिरी केही समय विदेश गएका थिए। फर्किएपछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएकामा महाशाखाको टोलीले उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी काठमाडौँ ल्याएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ बुझाइएको जनाइएको छ।

बैकिङ कसुरमा पक्राउ
बैंँकिङ कसुर मुद्दामा आज प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय सूर्यप्रसाद शाह रहेका छन्।

काठमाडौँ विश्व विद्यालयअन्तरगत मेडिकल शिक्षामा अध्ययन गर्ने क्रममा उनले पहिलो किस्ताबापत तिर्नुपर्ने रु १३ लाख ४१ हजार बराबरको चेक दिएका थिए, तर चेक नसाटिएपछि विश्व विद्यालयले काभ्रेपलाञ्चोक जिल्लामा बैँकिङ कसुरमा उजुरी दिएको व्यूरोले जनाएको छ। त्यसपछि उनी फरार हुँदै आएका थिए।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र आजै थप कारवाहीका लागि काभ्रेपलाञ्चोक पठाइएको व्यूरोले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .