ad ad

राजनीति


प्रचण्डले साथ नदिएको भए न भण्डारी राष्ट्रपति बन्नुहुन्थ्यो, न ओली प्रधानमन्त्री : रिजाल

प्रचण्डले साथ नदिएको भए न भण्डारी राष्ट्रपति बन्नुहुन्थ्यो, न ओली प्रधानमन्त्री : रिजाल

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार १५:२६,

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले विद्या भण्डारीलाई राष्ट्रपति र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न साथ दिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताएका छन्।

शुक्रबार भएको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधान गर्न भन्दै १९ पृष्ठ लामो एकल प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षबाट त्यो फिर्ता लिन आग्रह भइरहेको छ। यही क्रममा कतिपय नेताले प्रचण्ड पदलोलुप भएको आरोप समेत लगाइरहेका छन्।

‘अरु तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुप भनेको सुहाउँदैन’, रिजालको तर्क छ, ‘कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र (ओलीसँग भएको) आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र?’

पार्टीको विदेश विभागको उपप्रमुख समेत रहेका रिजालले प्रचण्डको साथ नभएको भए विद्या भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री बन्न सम्भव नरहेको स्मरण पनि गराएका छन्।

‘ख्याल गरौँ, प्रचण्डले साथ नदिएको भए न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री’, रिजालले भनेका छन्, ‘यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउन त सम्भावनै हुन्थेन। त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई पदलोलुपको आरोप लगाउँदा लोकले पत्याउला र?’

BishnuRijal Prachanda

शुक्रबारको बैठकअघि प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीलाई पार्टीको बैठक राख्न सहमतिमा आउन आग्रह गर्दै लिखित पत्र बुझाएका थिए। त्यसको जवाफ दिने क्रममा ओलीले पनि प्रचण्ड र सचिवालयका अन्य नेता पदलोलुप भएको आरोप लगाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .