ad ad

राजनीति


नेकपा विवाद : महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलसँग धुम्बाराहीमा छलफल गर्दै प्रचण्ड

नेकपा विवाद : महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलसँग धुम्बाराहीमा छलफल गर्दै प्रचण्ड

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ६:५३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच पार्टी कार्यालयमा छलफल भएको छ।

नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच तीब्र विवाद तथा शक्ति संघर्ष चलिरहेका बेला तीन नेताबीच शुक्रबार दिउँसाे भेटवार्ता भएको हो।

कात्तिक २८ गतेकाे पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावबाट आक्रोशित भएका प्रधानमन्त्री ओलीले त्यसको जवाफस्वरुप मंसिर १३ गते बस्ने बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याउने बताएपछि नेकपाभित्रको राजनीति तनावपूर्ण बनेको छ।

नेताहरुले प्रचण्डसँग भेट गर्न आग्रह गरेपछि पार्टी कार्यालयमा छलफल राखिएको स्रोतले बतायो।

नेकपाको नौ सदस्यीय सचिवालयमा पाँचजना नेता प्रचण्डको नेतृत्वमा एकजुट हुँदा उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिवल पौडेलले ओलीलाई साथ दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .