कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
शुक्रवार बिहान गौरीगंगा नगरपालिका–७ कि ७५ वर्षीया महिला संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार २९ कार्तिकदेखि संक्रमित महिलाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
भेन्टिलेटरमा राखेर उपचाररत संक्रमितको महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ।
प्रतिक्रिया