कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।
वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी थापाको प्रहरी टोली घटनास्थलतर्फ हिँडेको छ।
3
Shares
प्रतिक्रिया