ad ad

राजनीति


बाइडेन बने आठ करोड भोट प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार

बाइडेन बने आठ करोड भोट प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १२:३६,

राष्ट्रपति बन्न चाहिने २७० इलोक्टोरल भोटभन्दा बढी मत बाइडेनले पाइसकेका छन्।

उनी राष्ट्रपति बन्ने पक्का भइसकेको छ र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चुनावी हारलाई स्वीकार गरिसकेका छन्।

यद्यपी त्यहाँ केही स्थानमा मतगणना अझै जारी छ। मंगलबारसम्मको जानकारी अनुसार हालसम्म बाइडेनले ८ करोड ३३ हजार ९९६ मत पाइसकेका छन्।

अमेरिकामा ८ करोडभन्दा बढी मत पाउने बाइडेन पहिलो अमेरिकी राष्ट्रपतीय उम्मेदवार भएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

यसअघि सन् २००८ मा बाराक ओबामाले राष्ट्रपति बन्नका लागि ६ करोड ९४ लाख ९८ हजार ५१६ मत पाएका थिए। त्यो नै हालसम्मको अमेरिकी राष्ट्रपतिको उम्मेदवारले पाएको सबैभन्दा बढी मत थियो।

यसपटक ट्रम्पले हालसम्म ७ करोड ३८ लाख ७८ हजार ९०७ मत पाएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .