ad ad

राजनीति


कानूमन्त्री तुम्बाहाङ्फे भन्छिन् : संसद अधिवेशन बोलाउनेबारे परामर्श भइरहेको छ

कानूमन्त्री तुम्बाहाङ्फे भन्छिन् : संसद अधिवेशन बोलाउनेबारे परामर्श भइरहेको छ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ८:५५,

कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कति गते बोलाउने भन्ने टुंगो नलागेपनि नियमित अधिवेशन सुरु हुने बताइन्।

अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको उनले जानकारी दिइन्।

उनले भनिन्, ‘हाम्रो नियमित अधिवेसन अन्त्य भएको धेरै समय वितिसक्यो। नियमित अधिवेशन प्रवेश गर्ने बेला भइसकेको छ। तसर्थ मैले अनौपचारिक रुपमा सभामुखलाई भनेको छु। र कर्मचारी साथीहरुलाई पनि भनेको छु। यहाँको अवश्यक पूर्व तयारीको निम्ति यहाँले काम गर्नुहोला भनेको थिएँ। मैले अहिले भर्खरै राष्ट्रिय सभाको हल हेर्दा बनाउनु भएको छ तर फिनिसिङ गर्न बाँकी रहेछ। प्रतिनिधि सभाको सम्भवतः त्यसै गर्नुभएको होला।’

मन्त्री तुम्बाहाङफेले थपिन्, ‘हामी नियमित अधिवेसनको निम्ति कति गते भन्ने कुरा टुंगो लागेको छैन तर नियमित अधिवेशन आव्हान हुन्छ। त्यसको लागि सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष, उपाध्यक्ष त्यहाँका कर्मचारी साथीहरुले त्यतातर्फ पनि ध्यान दिनुभएको रहेछ काम गर्नुभएको रहेछ।’

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसाथ गर्दै जानुपर्ने बेला आएको पनि बताइन्। परिवर्तन, विकास र चेतनालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बेला आएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .