ad ad

राजनीति


नेकपा सचिवालयमा आज प्रचण्डको ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्दै ओली

नेकपा सचिवालयमा आज प्रचण्डको ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्दै ओली

नेपालखबर
मंसिर १३, २०७७ शनिबार २:१०,

सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दैछ।

दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गएको कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव र ओलीमाथि लगाएका गम्भीर आरोपको खण्डन गर्दै ओलीले आफ्नो प्रस्ताव पेस गर्न लागेकाले आजको बैठकलाई चासोको रुपमा हेरिएको छ। ओलीले १० दिन लगाएर यो प्रस्ताव तयार गरेका हुन्।

३ मंसिरमा बसेको सचिवालय बैठकमा ओलीले आफूमाथि प्रचण्डले लगाएका आरोपको जवाफ लेख्न दश दिनको समय मागेका थिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको जवाफ तयार भइसकेको जानकारी दिए। ‘प्रधानमन्त्रीको प्रस्ताव तयार भइसकेको छ,’ थापाले शनिबार बिहान नेपालखबरसँग भने, ‘दिउँसो १ बजे बस्ने वैठकमा उहाँले आफ्नो प्रस्ताव पेश गर्नुहुन्छ। त्यसमा के-के विषय समेटिएका छन्, अहिले भन्न मिल्दैन।’

ओलीले प्रचण्डले उठाएका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने गरी प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूतहरुको नियुक्ति, पार्टीको कर्णाली प्रदेशमा देखिएको विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीच भएका झडप, ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता लगायतका विषयमा नेकपामा तीव्र विवाद छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .