ad ad

राजनीति


अर्थमन्त्री पौडेलकाे सांसद विकास कोषको सबै रकम स्वास्थ्य क्षेत्रलाई

अर्थमन्त्री पौडेलकाे सांसद विकास कोषको सबै रकम स्वास्थ्य क्षेत्रलाई

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ९:७,

अर्थमन्त्री विष्णु पौडेलले यो वर्षको संसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रका लागि प्रदान गरेका छन्।

मन्त्री पौडेलले आफ्नो क्षेत्रमा भएका स्वास्थ्य संस्थाहरुको सुधारका लागि संसद विकास कोषको चार करोड रकम लगाएका हुन्।

 मन्त्री पौडेलले गत वर्षको कोषको सबै रकम शिक्षा क्षेत्रमा लगाएका थिए भने यो वर्ष कोरोनाको महामारीका कारण स्वास्थ्य क्षेत्रमा खर्च गरेको बताएका छन्।

मन्त्री पौडेलले शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रमका लागि १ करोड, पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रमका लागि १ करोड, लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालनका लागि ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .