ad ad

कारोबार


राकुटेन भाइबरद्वारा आफ्नो एक दशक वार्षिकोत्सव प्रयोगकर्तासँग मनाउँदै

राकुटेन भाइबरद्वारा आफ्नो एक दशक वार्षिकोत्सव प्रयोगकर्तासँग मनाउँदै

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ९:२१,

पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरु मध्येको एक राकुटेन भाइबरले १४ शृंखलाको एक लघु वृत्तचित्रको साथमा आफ्नो ‘भाइबर हिरोज’ प्याकेजको घोषणा गरेको छ। उक्त वृत्तचित्रले बितेका वर्षहरुमा भाइबरको प्रयोग गरेर विश्वभरका मानिसहरुले आफ्नो जीवनमा कसरी परिवर्तन ल्याउन सफल भए भन्ने सम्बन्धमा वास्तविक कथाहरु समेटेको छ।

प्रयोगकर्ताहरुले वर्षैभरी अर्थपूर्ण सम्बन्ध बनाइराख्न भाइबर प्रयोग गरीरहेकै कारणले भाइबर विश्वकै सर्वाधिक प्रयोग हुने मेसेजिङ्ग एप बन्न सफल भएको र तसर्थ भाइबर विश्वकै एक प्रमुख कम्पनीको रुपमा उन्नति पाएको उत्सव पनि भाइबरको दशौं वार्षिकोत्सवले प्रतिबिम्बित गर्दछ।

१० वर्ष अघि आफ्नो पदार्पण भएदेखि भाइबरले भिओआईपी कल, ग्रुप भिडियो च्याट, रमाइलो स्टिकरहरु र प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न पूर्व निर्धारित उच्च स्थरको सुरक्षाका प्रोटोकलहरु जस्ता विशेषताहरु पहिलो पटक उपलब्ध गराएर एक नयाँ आयाम रच्न सफल भइसकेको छ। आज, भाइबरले आफ्ना हिरोहरुको व्यक्तिगत कथाहरु १४ वटा छोटो भिडियोहरुको शृंखलामा उतारेर उत्सव मनाउँदैछ।

यी हिरोहरु रुस, अल्जेरिया, इराक, बुल्गेरिया, ग्रीस, सर्बिया, युक्रेन, नेपाल, श्रीलंका र फिलिपिन्सका रहेका छन्। यी हिरोहरु फरक उमेर समुहका र फरक पृष्ठभूमिका छन्– भाइबरमा आफ्नो कोही प्रीय साथीसँग भेट भएको देखि लिएर पुराना साथीहरुसँग सम्पर्कमा रहिरहेको देखि यस प्लेटफर्म एक सहायताको स्रोत बन्न पुगेको जस्ता कथाहरु यस शृंखलाले सुनाउँछ।

यी सम्मोहक विवरणहरु इस प्रकार रहेका छन्ः

नेपाल : अविनाश केही वर्ष पहिले अष्ट्रेलिया गएका थिए र उन्लाई नेपाल फर्केर आउने मौका नै मिलेको थिएन। यो पटक उसलाई नेपाल आउने मौका मिलेको थियो र यसैले ऊ यस वर्ष आफ्नी आमाको जन्मदिनमा आमालाई सप्राइज दिने भनेर उत्साहित थियो तर त्यस्तैमा कोभिड–१९ आइदियो। यसैले निरुत्साहित हुनुभन्दा अविनाशले आफ्नी आमालाई भाइबर ग्रुप भिडियो कलबाट जन्मदिनमा मीठासपूर्ण जन्मदिनको बधाई दिएर अचम्भित पार्ने योजना बनाए। त्यो विशेष दिन मनाउन लकडाउनकै बीचमा पनि उनीहरुका साथीभाइहरु र परिवार भाइबरमा भेला भएका थिए।

युक्रेन : देशभर लकडाउन भएकोले सार्वजनिक यातायातका साधनहरु बन्द भएका बेला युक्रेनका डक्टरहरुलाई काममा जानु जरुरी थियो। यरोस्ल्याभ कुरेजा, जो आकस्मिक तथा विपद् मेडिसिनका लागि किभ सेन्टरका डक्टर थिए, उनले भाइबर मार्फत् डक्टरहरुलाई सशक्त बनाउन एक ‘टेक द मेडिक’ कम्युनिटी नै खडा गरे। यस पहलले स्थानीय भाइबर कम्युनिटीमा १० हजार भन्दा बढी सदस्यहरु भए, जो एक आपसलाई आवश्यक पर्दा सहयोग गर्छन्। यो समुह अहिले सार्वजनिक यातायात सुचारु भैसकेपछि पनि सक्रिय रुपले काम गरिरहेको छ।

बुल्गेरिया : यस वर्षको प्रारम्भमा महामारीको दौरानमा बुल्गेरियाको ‘बुर्गास मेन हस्पिटल’ मा जन्मिएको आफ्नो नवजात शिशु हेर्न उनीहरुको अभिभावकहरुलाई मात्र भाइबर एक माध्यम भएको थियो। त्यसैले नवजात शिशु विभागका कर्मचारीले भिडियो कललाई सुविधाजनक बनाउन र सहयोग गर्न तथा उनीहरुका बालबच्चाबाट अलग भएका मातापिताहरुलाई आश्वासन दिन व्यवस्था भाइबरद्वारा मिलाए।

रुस : एलीना एक अपाङ्गता भएको बच्चाको आमा हुन्, जसले विरलै घर छाड्न सक्छिन्। भाइबरको मद्दतले उनले बागवानी कम्युनिटी बनाउन शुरु गरिन्, जसमा अहिले नै २००० सदस्यहरु आबद्ध भइसकेका छन्। उन्को कम्युनिटी मार्फत एलीनाले बोट विरुवाहरु र फूलहरु हुर्काउँछिन्, आफ्नो बागवानीको अनुभव अरुहरुसँग सेयर गर्छिन् र यसैले उनलाई यस कठिन समयको सामना गर्न मद्दत गरेको छ।

श्रीलंका : सन् २०१५ मा गयानले आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण व्यक्ति गाविन्दिसँग भेटे। उसले उनलाई पहिलो पटक उनीहरुको कार्यालय परिसरमा देखेको थियो, तर हेलो भन्न अति नै लजाएको थियो। अन्त्यमा, उसले उन्लाई भाइबरमा एउटा स्टिकर पठायो र उसलाई अचम्म तुल्याउँदै उनले पनि त्यसको प्रत्युत्तर पठाइन्। अन्ततः सन्देशहरु आदान प्रदान गर्ने क्रम बारम्बार चल्दै गयो र २ वर्षपछि उनीहरु लगन गाँठोमा बाँधिए।

इराक : शीलान्, एक समर्पित शिक्षिका, जसले महामारीको दौरानमा घरबाट नै सबै उमेरका विद्यार्थीहरुलाई पढाउने कार्यलाई निरन्तरता दिइन्। उनले विश्वव्यापी भएको महामारीको अवधिमा पनि अभिभावकहरु र विद्यार्थीहरुसम्म आफ्नो ज्ञान पु¥याउन एक नवीन उपायको पत्ता लगाउँदै पाठहरु र क्रियाकलापहरुलाई सहजीकरण गर्न भाइबरमा एक कम्युनिटी बनाइन्।

‘हामी वास्तवमै बितेको १० वर्षमा हाम्रो प्लेटफर्मले प्राप्त गरेको सफलता हाम्रो विश्वभरका ती वास्तविक भाइबर प्रयोगकर्ताहरु प्रति समप्र्रित गर्छाैँ जो अरुसँग जोडिनलाई भाइबर प्रयोग गर्दछन्। भाइबरमा हुने हरेक च्याटको पछाडि एउटा वास्तविक कथा छ। हामी हाम्रा प्रयोगकर्ताहरुलाई माया गर्छौं र हामी उनीहरुको दैनिक जीवनको एक हिस्सा बन्न पाएकोमा खुशी छौं। हामी मार्फत मानिसहरुले आनन्द, खुशीयाली र कहिलेकाँही पिडादायी क्षणहरु–अर्को शब्दमा वास्तविक भावना साटासाट गरि साझा गर्न समर्थ भएकोले हाम्रो कार्यलाई अर्थपूर्ण बनाइदिन्छ। हामी हाम्रो यात्रालाई निरन्तर जारी राख्न प्रतिबद्ध छौं अनि आभार पनि व्यक्त गर्दछौं।’ राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले भने।

भाइबर हिरोज्को सम्पूर्ण शृंखलाहरु यो लिंकमा मा हेर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .