ad ad

राजनीति


बालुवाटारमा नेकपा सचिवालय : बैठकको बीचमै बाहिरिए वामदेव गौतम

बालुवाटारमा नेकपा सचिवालय : बैठकको बीचमै बाहिरिए वामदेव गौतम

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:३६,

निकै चासोका साथ हेरिएको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।

प्रधानमन्त्री कार्यालय बालुवाटार जारी सचिवालय बैठकमा छलफल चलिरहेका बेला झण्डै तीन घण्टा बैठकमा सहभागी भएपछि उपाध्यक्ष गौतम बालुवाटारबाट बाहिरिएका हुन्।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाउँदै नगएपछि बालुवाटारमा सारिएको थियो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो।

आजको बैठकमा प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले बताएका छन्।

यो पनि: 
सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओली पार्टी कार्यालय जान मानेनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .